स्पानिस ला लिगामा बार्सिलोनाले आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिएको छ। खराब प्रदर्शनसँगै मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछिको पहिलो खेलमा पनि बार्सिलोनाले सोही लयलाई निरन्तरता दिएको हो।
शनिबार राति भएको खेलमा बार्सिालेनाअलाभेससँग १–१ को बराबरीमा रोकिएको हो । लागतार दुइृ खेलमा पराजित भएपछि बार्सिलोनाले गत बिहीबार मात्र प्रशिक्षक रोनाल्डो कोम्यानलाई बर्खास्त गर्दै बी टिमका प्रशिक्षक सर्जी बार्जुअनलाई अन्तरिम प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो।
खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा बार्सिलोना पराजित भएको हो। घरेलु मैदान क्याम्प नोउमा पहिलो हाफ गोलरहित बराबरी भए पनि ४९औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेटपछि नै अलाभेसले गोल फर्कायो । ५२औं मिनेटमा अलाभेजका लुइस रियोजाले बराबरी गोल फर्काए।
सुरुआती ११मै स्थान बनाएका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरो पहिलो हाफमै मैदान छाड्न बाध्य भए। खेलकै क्रममा छातीमा समस्या देखिएपछि उनलाई हस्पिटल लगिएको थियो । उनलाई कार्डिएक टेष्टका लागि एम्बुलेन्समा हस्पिटल लगिएको थियो।
बराबरीपछि ११ खेलबाट १६ अंक जोडेको बार्सिलोना नवौं स्थानमा छ । अलाभेस १० अंकसहित १६औं स्थानमा छ ।