°
, June 4, 2023 in
0

युभेन्ट्स जान सुआरेज सहमत

SHARE:

स्पेनिस क्लब बार्सिालेनाको स्ट्राइकर लुइस सुआरेज इटालियन जाइन्ट युभेन्ट्स जान सहमति भएका छन् । बिबिसीले युभेन्ट्सले सुआरेजलाई शुक्रबार नै अनुबन्धन गरेको बताएको छ ।

यभुेन्ट्सले ३३ वर्षीय स्ट्राइकर सुआरेजलाई ‘फ्रि’मा अनुबन्धन गरेको बिबिसीले जनाएको छ । बिबिसीले युभेन्ट्स गइसकेको बताएपछि दुवै टिमले औपचारिक घोषणा भने गरेका छैनन् ।

बार्सिलोनका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले सुआरेज आफ्नो योजनामा नरहेको बताएपछि एक वर्ष सम्झौता बाँकी छँदै सुआरेजले क्लब छाडेका हुन् । युभेन्ट्सले स्वारेजका लागि बार्सिलोनालाई कुनै मूल्य तिर्नु परेमा पनि त्यो निकै कम मात्र हुनेछ ।

सन् २०१४ मा सुआरेज इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए । बार्सिलोनामा ६ सिजन बिताउँदा २८३ खेलमा १९८ गोल गरेका छन् । उनले बार्सिलोनाबाट ४ ला लिगा र १ च्याम्पियन्स लिगसहित १३ उपाधि जितेका छन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *