जर्मन च्याम्पियन बायर्न म्युनिखले सर्ममनाक हार बेहोरोको छ । जर्मन कपअन्तर्गत बुधबार राति भएको खेलमा बायर्न बाेरूसिया मोन्चेनग्लाडवाचसँग ५–०को फराकिलो अन्तरले पराजित भयो ।
जर्मन क्लब फुटबलमा दबदबा कायम गरेको बायर्नको ४३ वर्षपछिको फराकिलो हार हो । उ सन् १९७८ को डिसेम्बरमा फोर्टुन डुसेलडोफसँग ७–१ले पराजित भएको थियो।
मोन्चेनग्लाडबाचलाई सानदार जित दिलाउने क्रममा रामी बेन्सेबैनी र ब्रेल इम्बोलोले समान दुई गोल गर्दा काउडियो कोनेको नाममा एक गोल रह्यो । मोन्चेनग्लाडबाचले पहलिो हाफमा ३ र दोस्रो हाफमा २ गोल गरेको थियो।
कोनेले दोस्रो मिनेटमा गोल गर्दै मोन्चेनग्लाडबाचलाई अग्रता दिलाए । त्यसपछि बेन्सेबैनीले १५ । २१ मिनेटमा गोल गरेपछि मोन्चेनग्लाडबाचले पहिलो हाफमा ३–०को अग्रता लियो। इम्बोलोले ५१ र ५७औं मिनेटमा गोल गरेपछि मोन्चेनग्लाडबाच ५–०ले विजयी भयो।
यो हारसँगै बायर्न प्रतियोगिताबाट बाहिरिएको छ भने मोन्चेनग्लाडबाच दोस्रो चरण प्रवेश गरेको छ।