लिग लिडर बायर्न म्युनिख रेलिगेनसन जोनमा रहेको अर्मेनियासँग बराबरीमा रोकिएको छ । जर्मन बुन्डेसलिगाअन्र्तत सोमबार राति भएको खेलमा बायर्नलाई अर्मेनियाले ३–३ गोलको बराबरीमा रोकेको हो ।
घरेलु मैदानमा बायर्नका लागि रोबर्ट लेवान्डोस्की, टोलिसो र अल्फन्सो डेभिसले एक गोल गरे भने अर्मेनियाका मिचेल भिलाप, आमोस पिपर र क्रिस्टियन गेवाअरले गोल गरेका थिए।
खेलमा सुरुवाती अग्रता पनि अर्मेनियाले लियो । नवौं मिनेटमा मिचेलले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा आमोसले गोल गर्दा अर्मेनियाले बार्यनविरुद्ध अप्रत्यासित रुपमा २–०को अग्रता लियो।
पहिलो हाफ २–०को पछि परेको बार्यनले दोस्रो हाफ सुरु भएको ३ मिनेट नबित्दै गोल ग¥यो। ४८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा फर्काएका थिए । ४९औं मिनेटमा क्रिस्टियनले गोल गरेपछि अर्मेनियाले ३–१ को अग्रता लियो।
५७औं मिनेटमा टलिसोले गोल गर्दै बायर्नलाई ३–२ को स्थितिमा ल्याए । ७०औं डेभिसले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै बायर्नले २१ खेलमा ४९ अंक जोडेको छ र उसले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । अर्मेनिया १८ अंक जोडेर १६ औं स्थानमा छ ।