जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड विजयी भएका छन् । शनिबार राति भएको खेलमा बायर्नले बायर्नले होफनहिमलाई ४–०ले हराउँदा डर्टमन्डले अर्मिनियालाई ३–१ ले हरायो।
बायर्नको जितमा सर्ज गनाब्री, रोबर्ट लेवान्डोस्की, एरिक म्याक्सिम चुपो मोटिङ र किङ्स्ले कोमनले एक गोल गरे। १६औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाए। ३०औं मिनेटमा लेवान्डोस्कीले बायर्नको अग्रता दोब्बर बनाए।
८२ औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई ३–० को अग्रता दिलाए । ८७ औं मिनेटमा कोमनले गोल गर्दै बायर्नलाई ४–० को सानदार जित दिलाए ।
यसैगरी डर्टमन्डलाई को जितमा इम्री क्यान, माट हुमेल्स र जुड बेलिङ्घमले एक÷एक गोल गरे। अर्मिनियाका फाबियन क्लोसले एक गोल फर्काए।
३१ औं मिनेटमा क्यानले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। हुमेल्सले ४५औं मिनेटमा गोल गर्दा पहिलो हाफममा टिम २–० को स्थितिमा पुग्यो। खेलको ७२ औं मिनेटमा बेलिङघमले गोल गर्दा डर्टमण्डले ३–० को अग्रता बनायो। त्यसपछि ८७ औं मिनेटमा अर्मिनियाका फाबियनले पेनाल्टीमा गोल गरेपनि डर्टमण्ड ३–१ ले विजयी भयो।