लगातार ११औं पटक लिग च्याम्पियन बनेलगत्तै बायर्न म्युनिखले आफ्ना पूर्वखेलाडी तथा सिईओ ओलिभर काहानलाई बर्खास्त गरेको छ।
लिगको अन्तिम खेलमा बोरुसिया डर्टमन्ड बराबरीमा रोकिएपछि बायर्नले नाटकीय रुपमा लिग उपाधि जितेको थियो । लगत्तै बायर्नले सिईओ काहानसँगै निर्देशक हसन सालीहामिदजिकलाई बर्खास्त गरेको हो।
काहनले सन् २०२१ मा कार्ल हेइन्ज रुमेनिजको स्थानमा सीईओ पोजिसन सम्हालेका थिए । बायर्नले यो यो कठिन निर्णय भएको बताउँदै क्लबको समग्रमा विकासका लागि यस्तौ निर्णय गरेको बताएको छ।
काहानको स्थानमा जान क्रिस्टियन ड्रसेन क्लबको सिईओ बन्ने छन्।
जारी सिजन खराब प्रदर्शन गरेको बार्यन झण्डै उपाधिबाट बञ्चित भएको थियो । अन्तिम मिनेटमा लिग जितेको बायर्न बुण्डेसलिगा जित्न कडा मिहिनेत गर्नुपरेको बायर्न जर्मन कप र च्याम्पियन्स लिगमा अने अन्तिम आठबाटै बाहिरिएको छ ।