°
, May 29, 2023 in
0

बुन्डेस लिगामा बार्यनलाई १० अंकको अग्रता

SHARE:

जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले फाराकिलो अग्रता कायम गरेको छ । शुक्रबार राति भएको खेलमा हेर्था बर्लिनमाथि १–०को जित निकाल्दै बायर्नले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको हो।

डिफेन्डिङ च्याम्पियन बायर्नले २० खेलमा ४८ अंक जोडेको छ भने दोस्रो स्थानको आरबी लेइपजिगको १९ खेलमा ३८ अंक छ । हेर्था १७ अंक जोडेर लिगको १५ औं स्थानमा रहेको छ ।

बायर्नलाई जित दिलाउन किन्सले कोम्यानले निर्णायक गोल गरे । उनले खेलको २१औं मिनेटमा गोल गरेका थिए । १२औं मिनेटमै रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुक्दा बार्यनले अग्रता लिने अवसर गुमाएको थियो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *