जर्मन क्लब बायर्न म्यूनिखका फ्रेन्च मिडफिल्डर स्वेच्छाले जेल जान मड्रिड अदालतले १० दिनको समय दिएको छ। श्रीमती अमेलिया डि लाओसा लोरेन्टेविरुद्धको घरेलु हिंसा मुद्दामा लागेको प्रतिबन्धात्मक आदेशलाई उल्लंघन गरेको मुद्दामा हनान्डेजलाई मड्रिडको एक अदालतले स्वेच्छाले जेल जान २८ अक्टोबरसम्मको समय दिएको छ ।
घरेलु हिंसा मुद्दामा लागेको प्रतिबन्धात्मक आदेशलाई उल्लंघन गर्दा २५ वर्षीय मिडफिल्डर हर्नान्डेजलाई ६ महिना जेल सजाजय सुनाएको थियो। उनीमाथि सन् २०१७ मा तत्कालिन प्रेमिका तथा अहिलेकी श्रीमती लोरेन्टेलाई घरेलु हिंसा गरेको आरोपमा प्रतिबन्ध लागेको थियो।
हर्नान्डेज सोमबार मड्रिड अदालतमा उपस्थित भए र उनलाई अब स्वइच्छाले ६ महिनाको जेल सजाय सुरु गर्न उनीसँग १० दिनको समय बाँकी छ । सो घटनामा उनलाई दुईवटा सजाय सुनाइएको थियो।
आफ्ना तत्कालिन गर्लफ्रेन्डसँग झगडा गरेपछि हर्नान्डेजलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले एक अर्काविरुद्ध कुनै उजुरी नदिएपनि दुबैलाई ३१ दिन सामुदायिक सेवा गर्नुपर्ने सजाय सुनाइएको तथा ६ महिनासम्म एकअर्कासँग भेटघाट नगर्न आदेश दिएको थियो ।
लोरेन्टेसँग अमेरिकामा बिहे गरेर मड्रिड फर्केपछि सन् २०१९ डिसेम्बरमा हर्नान्डेजलाई आदेश नमानेको भन्दै ६ महिनाको जेल सजाय सुनाइएको थियो ।