जर्मन बुन्डेस लिगामा बायर्न म्युनिख पराजित भएको छ। आइतबार राति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा बायर्न म्युनिख बायर लेभरकुसनसँग २–१ले पराजित भयो ।
लेभरकुसनका लागि दुवै गोल इजेक्वेल पलासियोसले गरे भने बायर्नका जोसुअ किमिचले गोल गरेका थिए।
२२औं मिनेटमा किमिचको गोलमा बायर्नले सुरुआती अग्रता लियो। पहिलो हाफ १–०मै सकियो । तर, दोस्रो हामा लेभरकुसनले खेल आफ्नो पक्षमा बनायो ।
५५औं मिनेटमा पलासियोसले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। ७३औं मिनेटमा लेभरकुसनले पुनः पेनाल्टी पाउँदा त्यसलाई पनि पलासियोसले सदुपयोग गर्दै टिमलाई २–१को जित दिललाए।
बायर्न पराजित हुँदा त्यसको प्रत्यक्ष फाइलन बोरुसिया डर्टमन्डलाई भयो । बायर्न पराजित भएपछि डर्टमन्ड बुन्डेस लिगाको शीर्ष स्थानमा पुगेको छ। २५ खेलमा डर्टमन्डको ५३ अंक छ भने बायर्नको ५२ अंक छ। लेभरकुजन २५ खेलबाट ३७ अंक जोडेर आठौं स्थानमा छ।