
बंगलादेशमा नेपाली महिला बिच भलिबल टिम उपविजेता बन्यो, पुरुष टिम पनि फाइनलमा
Read Time:1 Minute
बंगलादेशमा जारी सेन्ट्रल एसियन भलिबल संघ (काभा) महिला बिच भलिबलमा नेपाली टिम उपविजेता बनेको छ। बंगलादेशको कक्स बजारमा बिहीबार भएको फाइनलमा श्रीलंकासँग २–० को सेटमा पराजित भएपछि नेपाली टिम उपविजेता बन्यो ।
भेट्रान भलिबल खेलाडीद्वय कोपिला उप्रेती र कमला पुनको जोडीले नेपाललाई यो सफलता दिलाएका हुन् । नेपाली टिम उज्वेकिस्तानलाई हराउँदै फाइनल पुगेको थियो।
नेपाल भलिबल संघले खुला छनोटमार्फत खेलाडी छनोट गरी करिब एक महिनाको तयारीसहित टिमलाई बंगलादेश पठाएको थियो। प्रतियोगितामा बंगलादेश र उज्वेकिस्तानका २–२ तथा नेपाल र श्रीलंका गरी ६ टिमको सहभागिता थियो ।
यस्तै, सोही प्रतियोगिता नेपाली पुरुष टिम फाइनलमा पुगेको छ। मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारसम्मिलित नेपाली टिम कीर्गिस्तानलाई २–० को सेटमा पराजित गर्दै फाइनल पुगेको हो।