
नेपाली महिला टिम बिच भलिबलको फाइनलमा, आजै उपाधिका लागि श्रीलंकासँग खेल्ने
Read Time:1 Minute
बंगलादेशमा जारी सिएभिए महिल बिच भलिबलमा नेपाली महिला टिमले उत्कृष्ट प्रदर्शन गरेको छ। नेपाली महिला टिम फाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशको कक्स बजारमा बिहीबार भएको नेपाली टिम उज्वेकिस्तानलाई २–०ले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
कोपिला उप्रेती र कमला पुनको जोडी रहेको नेपालले उज्वेकिस्तानका सतिभोलदिभा र जमोलोभाको जोडीलाई २१–१२ र २१–१४ को सेटमा हरायो।
अब नेपालले उपाधिका लागि श्रीलंकासँग खेल्नेछ। फाइनल बिहीबार दिउँसो ३ बजे सुरु हुनेछ।
यस्तै, पुरुषतर्फ नेपालकै मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी नेपाल सेमिफाइनल प्रवेश गरेको छ।