रियलम मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले क्लसको सम्झौता नवीकरण गरेका छन्। ३३ वर्षीय बेन्जिमाले रियलसँग १ वर्षका लागि सम्झौता नवीकरण गरेका हुन्।
अब उनी सन् २०२३ सम्म बर्नाबेउमै रहेन छन्। रियलसँगको बेन्जिमाको सम्झौता सन् २०२२ जुलाईमा सकिँदै थियो। आफ्ना स्टार स्ट्राइकरसँग सम्झौता नवीकरण गरेपछि रियलले बेन्जिमाको रिलिज क्लज १ विलियन युरो तोेकेको छ।
बेन्जिलमा रियलका प्रमुख स्ट्राइकर हुन् । पछिल्ला तीन सिजन यता बेन्जिमा उत्कृष्ट लयमा छन्, उनले ला लिगाका ७ खेल मात्र मिस गरेका छन् पछिल्ला तीन सिजन उनले ला लिगामा २० भन्द बढी गोल गरेका छन्।
बेन्जिमा सन् २००९मा फ्रेन्च क्लब लियोनबाट रियल आएका थिए । त्यसयता उलने रियलका लागि ५६० खेल खेल्दै २८१ गोल गरेका छन् । रियलमा उनले ४ च्याम्पियन्स लिग, ३ ला लिगा, ४ क्लब विश्वकप, ३ युईएफउ सुपरकप, २ कोपा डेल रे र २ सुपर कोपा डे स्पाना उपाधि जितेका छन्।
यसअघि रियलले बेल्जियन गोलकिपर थिवाउट कोर्टुवा, नाचो हर्नान्डेस, लुकास भास्क्वेस, लुका मोड्रिच, इस्को, ड्यानी कार्भाजलसँग पनि सम्झौतान नवीकरण गरेका थिए।