इंग्लिस क्लब टोटनह्यामले डच विंगर स्टेभन बर्गविजनलाई भित्र्याएको छ । २२ वर्षीय बर्गविजनलाई टोटनह्यामले नेदरल्यान्ड्सकै क्लब पिएसभी इन्डहोभनबाट २७ मिलियन पाउण्डमा ल्याएको हो ।
बर्गविजनले टोटनह्यामसँग ५ वर्षे सम्झौतान गरेका छन् । अब उनी सन् २०२५ को अन्त्यसम्मको टोटनह्याममा रहेन छन् । उनी टोटनह्याममा २३ नम्बरको जर्सीमा देखिने छन् ।
बर्गविजनले टोटनह्याममा ह्यारि केनको स्थान लिने छन् । ह्यामिस्ट्रि इन्जुरीका कारण केन लामो सयम मैदान बाहिर रहने भएपछि प्रशिक्षक जोसे माउरिन्होले बर्गविजनलाई ल्याएका हुन् ।
बर्गविजन १७ वर्षको उमेरमा पिएसभीमा आबद्ध भएका थिए । त्यसयता उनले १४९ खेल खेल्दै ३१ गोल गरेका छन् भने ४१ असिस्ट पनि गरेका छन् । यो सिजन उनले पिएसभीबाट २९ खेल खेल्दै ६ गोल गरेका छन् ।
सन् २०१८ अक्टोबर ३ मा युइएफए नेसन्स कपअन्तर्गत जर्मनीविरुद्धको खेलमार्फत बर्गविजनले नेदरल्यान्ड्सको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । त्यसयता उनले राष्ट्रिय टिमबाट ९ खेल खेलका छन् ।