इंग्लिस प्रिमियर लिगमा टोटनहमलले रोमाञ्चक जित निकालेको छ। बुधबार भएको खेलमा दुई पटकपछि परेको अवस्था उल्टाउँदै टोटनहमले लेस्टरसिटीलाई उसकै मैदानमा ३–२ले हरायो ।
टोटनह्यामका लागि स्टेभेन बर्ग्वाइनले इन्जुरी समयमा दुई गोल गरे भने ह्यारी केनले एक गोल गरे । यता, लेस्टरका पाट्सन डाका र जेम्स माडिसनले गोल गरे।
२४औं मिनेटमा डाकाको गोलमा लेस्टर सिटीले सुरुवाती अग्रता लियो। ३८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनह्यामलाई खेलमा फर्काए । ७६ औं मिनेटमा माडिसनले गोल गर्दै लेस्टरलाई पुनः अग्रता दिलाए ।
निर्धारित समया २–१ ले पछि रहेको टोटेनह्यामले इन्जुरी समयमा थप दुई गोल गरेपछि रोमाञ्चक जित निकाल्यो। इन्जुरी समयको २ मिनेट अन्तरमा बर्ग्वाइन २ गोल गर्दै टिमलाई जित दिलाए । उनले इन्जुरी समयको पाँचौं र सातौं मिनेटमा गोल गरेका थिए।
जितसँगै १९ खेलबाट ३६ अंक जोडेको टोटेनह्याम पाँचौ स्थानमा उक्लिएको छ। पराजित लेस्टर समान १९ खेलबाटै २५ अंकका साथ १० औ स्थानमा झरेको छ।