विभागीय टिम त्रिभुवन आर्मी क्लब पहिलो संस्करणको भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। शनिबार झापाको भद्रपुरस्थित मेची रङ्गशालामा भएको सेमिफाइनलमा ए डिभिजन क्लब संकटालाई १–०ले हराउँदै आर्मी फाइनलमा पुगेको हो।
दोस्रो रोजाईका खेलाडी समेटिएको आर्मी र संकटाबीचको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियोृ। त्यसपछि समय अभावका कारण थप गरिएको १४ मिनेटको समयमा आर्मीले गोल गर्दै खेल जित्यो। ११औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गरेका थिए।
काठमाडौंमा भइरहेको केपी ओली गोल्डकपसँग समय जुधेपछि आर्मीले भद्रपुर झापा गोल्डकपमा दोस्रो रोजाईको टिम उतारेको हो। अब उसले उपाधिका लािग मच्छिन्द्र क्लब र एपिएफबीचको विजेतासँग मंगलबार खेल्ने छ।