°
, June 2, 2023 in

एपिएफलाई हराउँदै मछिन्द्र भद्रपुर झापा गोल्डकपको फाइनलमा

SHARE:

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आइतबार मेची रंगशालमा भएको खेलमा विभागीय टिम एपिएफ क्लबलाई १–०ले हराउँदै मछिन्द्र फाइनलमा पुगेको हो।

अब उसले उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ। आर्मी संकटा क्लबलाई हराउँदै फाइनल पुगेको हो।

एपिएफविरुद्ध मछिन्द्रलाई जित दिलाउन कप्तान सुजल श्रेष्ठले निर्णायक गोल गरे। उनले खेलको १७ औं मिनेटमा गोल गरेका थिए। उनले आन्द्रेसनियाको पासमा गोल गरेका थिए।

खेलमा मच्छिन्द्रका कप्तान एवं निर्णायक गोलकर्ता सुजल श्रेष्ठ म्यान अफ द म्याच भए । उनले नगद २० हजार रुपैयाँ प्राप्त गरे ।

गोल्डकपको फाइनल खेल फागुन १६ को मंगलबार हुनेछ । भारत, भुटान र बंगलादेशसहित १० टिमको सहभागिता रहेको गोल्डकपको विजेता टिमले नगद १३ लाख तथा उपविजेता टिमले नगद ७ लाख र ट्रफी पुरस्कार जित्नेछन् ।

SHARE: