अल्मुताइरीको साफ च्याम्पियनसिप टिममा परेनन् भरत खवास र रञ्जित धिमाल

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षकले तेस्रो चरणको छनोटबाट २८ जनाको खेलाडी सर्टलिस्ट गरेका छन्। साफ च्याम्पियनसिप खेल्ने टिम तयार गरिरहेका अल्मुताइरीको २८ सदस्यीय टिममा भरत खवास र रञ्जित धिमाललगायत धेरै अनुभवी खेलाडी पर्न असफल भएका छन्।

३८ जना खेलाडी पोखरामा साफको तयारी गर्दै थिए। त्यसमध्ये १० जना खेलाडी बाहिरिएका हुन्। राष्ट्रिय टिमका अनुभवी फरवार्ड भरत खवास र भरपर्दा डिफेन्डर रञ्जित धिमालसहित मिडफिल्डर विक्रम लामा पनि अल्मुताइरीको २८ खेलाडीमा अँटाउन सकेनन्।

यस्तै, संजोक राई, जर्जप्रिन्स कार्की, विशाल सुनार, राजीव लोप्चन, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे र रन्दीप पौडेल पनि टिमबाट बाहिरिएका छन्।

नेपाली टिम दुई साता लामो साफ च्याम्पियनसिप तयारीका लागि पोखरा गएको हो। च्याम्पियनसिप अक्टोबर पहिलो साता माल्दिभ्समा हुने छ। त्यस अगाडी नेपालले भदौ १७ र २० गते भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ।

प्रशिक्षणमा बाँकी २८ खेलाडीः

  • किरण चेम्जोङ
  • विकेश कुथु
  • विशाल श्रेष्ठ
  • दीप कार्की
  • अर्पण कार्की
  • सुमन अर्याल
  • दिनेश राजवंशी
  • गौतम श्रेष्ठ
  • अनन्त तामाङ
  • रोहित चन्द
  • सुरज जिउ ठकुरी
  • सुमन लामा
  • कमल थापा
  • नितिन थापा
  • तेज तामाङ
  • राजन गुरुङ
  • पूजन उपरकोटी
  • विशाल राई
  • सन्तोष तामाङ
  • सुजल श्रेष्ठ
  • सुनिल बल
  • मनिष डाँगी
  • नवयुग श्रेष्ठ
  • अभिषेक रिजाल
  • अन्जन विष्ट
  • आयुष घलान
  • शिशिर लेखी
  • आशिष लामा