°
, June 7, 2023 in

ओडिआईमा भीमको पहिलो अर्धशतक

SHARE:

युवा ब्याट्सम्यान भीम सार्कीले एकदिवसीयमा क्रिकेटमा मेडन अर्धशक बनाएका छन्। आईसिसी विश्वकप लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्ध भीमले आफ्नो करिअरको पहिलो अर्धशतक प्रहार गरेका हुन्।

भीमले युएईविरुद्ध उनले ७८ बलमा अर्धशतक बनाएका हुन्। उनले ५ चौका प्रहार गरे। उनको पाँचौं एकदिवसीय खेल हो।

भीमले रोहन मुस्तफाको बलमा बोल्ड हुनुअघि ९९ बलमा ७ चौका प्रहार गर्दै ७० रन बनाए।

युएईविरुद्ध पहिला ब्याटिङ गरेको नेपालले लागतार विकेट गुमाइरहेका बेला भीमले सम्हालिएको पारी खेल्दै नेपाली इनिङ सम्हालिरहेका छन्। भीमले सन्दीप लामिछाने र आसिफ सेख महत्वपूर्ण साझेदारी गरे।

उनले छैठौं विकेटका लागि सन्दीपसँग ५६ रनको साझोदरी गरे भने सातौं विकेटका लागि आरिफसँग पनि ५६ रनकै साझेदारी गरे।

ताजा अवस्थामा नेपालले ४५ ओभरमा ७ विकेटको क्षतिमा १८३ रन बनाएको छ। नेपालका लागि कशुल मल्लले ३२ बलमा ३२ रन बनाउँदा सनदीपले ४० बलमा २७ रन बनाए । यस्तै आरिफ २५ रनमा नटआउट छन्।

युएईका जुनैद सिद्दिकी, आयन लाकरा र रोहन मुस्तफाले समान २ विकेट लिए।

SHARE: