°
, June 2, 2023 in

भीम सार्कीले बनाए अर्धशतक, नेपाल जिततर्फ अग्रसर

SHARE:

एसिसी प्रिमियर कपको पहिलो खेलमा भीम सार्कीले अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा भीमले मलेसियाविरुद्ध ७५ बलम अर्धशतक बनाएका हुन्।

तेस्रो नम्बरमा ब्याटिङका लागि आएका भीमसले ७५ बलमा ४ चौका प्रहार गरे। ९ एकदिवसीय खेलमा भीमको यो दोस्रो अर्धशतक हो।

भीमको अर्धशतक मद्दतमा २३६ रनको लक्ष्य पछ्याएको नेपाल जिततर्फ अग्रसर भएको छ। ताजा अवस्थामा नेपालले २९ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा १७३ रन बनाएको छ ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४३ बलमा ५ चौका प्रहार गर्दै ४२ रन बनाए भने ओपनर कुशल भुर्तेलले ३१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए।

अहिले भीमसँगै क्रिजमा रहेका कुशल मल्ले २२ बलमा ४० रन बनाएका छन्।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २३५ रन बनायो। उसका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ र ओपनर विरन्दीप सिंहले ४६ रन बनाए।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए।

SHARE: