दीपेन्द्र र भीमलाई सुदूरपश्चिम सरकारले २ लाखसहित सम्मान गर्ने

Read Time:2 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने भएको छ। नेपाललाई एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने सुदूरपश्चिमका दीपेन्द्र र भीमलाई प्रदेश सरकारले जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको हो।

दीपेन्द्र लामो नेपाली टिमका भरपर्दा अलराउन्डर हुन भने युवा ब्याट्सम्यान भीमले ब्याटिङमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई राष्ट्रिय टिममा स्थापित गरेका छन्। पछिल्ला तीन त्रिकोणात्मक सिरिजमा दुवैले उत्कृष्ट खेल खेलेका छन्।

उनीहरुसँगै सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए ।

यस्तै प्रदेश सरकारले नेपाली टोलीका अर्का सदस्य सन्दीप जोरालाई एक लाख तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाली टोलीको वैकल्पिक खेलाडीका रुपमा रहेका कमलसिंह ऐरी र अर्जुन साँउदलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले यसअघि यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल भएका सुदुरपश्चिमका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको थियो । नेपाली यू–१९ टोली हालै युएईमा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै विश्वकपमा छनोट भएको थियो।

यू–१९ टिममा सुदूरपश्चिमका दीपक बोहरा, दीपक बोहरा (बी), मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द गरी पाँच खेलाडी टिममा थिए। यस्तै, टोलीमा मुख्य प्रशिक्षक जगत टमाटा, सहायक प्रशिक्षक धीरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवालाई पनि ५० हजार रुपैयाँ प्रादन गर्ने निर्णय सुदूरपश्चिम सरकारले गरेको छ।

Happy
Happy
89 %
Sad
Sad
0 %
Excited
Excited
11 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी संगीता र सरस्वती पराजित
Next post फ्रेन्ड्समाथि आर्मीको पुनरागमन जित
Close