मंगलबारबाट दशरथ रंगशालमा सुरु हुने प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने भुटानी टिम नेपाल आइपुगेको छ। भुटानी टोली सोमबार बिहान नेपाल आएको हो।
भुटानी टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले स्वागत गरे।
चैत ८ देखि १७ गतेसम्म हुने थ्री नेसन्स कपमा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ। सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका खेल्नेछन्।
पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ । एनिसले नेपाली टिम घोषणा गरिसकेका छैनन्। उनले ए डिभिजन लिगको प्रदर्शनका आधारमा टिम बनाउने छन्। सिनियर टिमका अधिकांश सदस्य विदेश पलायन भएकाले टिममा नयाँ अनुहारको बाहुल्यता हुने निश्चित छ।
प्रतियोगिताका लागि लाओसको टिम पनि आजै नेपाल आइपुग्ने छ।