भुवनेश्वरले विश्वकपका ३ खेल गुमाउने

इंग्ल्यान्ड र वेल्समा जारी १२औं संस्करणको विश्वकप क्रिकटमा पराजित रहेको भारतलाई चेटले सताएको छ । विश्वकपमा ४ खेलमा ३ जित र १ बराबरीका साथ अपराजित रहँदै तेस्रो स्थानमा रहेको भारतले यसबीच चोटका कारण आफ्ना दुई स्टार खेलाडीलाई गुमाएको छ ।

ओल्र्डट्राफेर्डमा आइतबार भएको खेलका क्रममा भारतले मुख्य बरल भुवनेश्वर कुमार गुमायो । बलिङकै क्रममा उनको खुट्टामा समस्या देखिएको थियो । त्यसपछि उनी ओभर पुरा नगर्दै मैदानबाट बाहिरिएका थिए ।

यसैबीच भुवनेश्वरले विश्वकपका ३ खेल गुमाउ सक्ने बताएको छ । समाचार अनुसार उनले अफगानिस्तान र वेस्टइन्डिजविरुद्धको खेल गुमाउने पक्का भइसकेको छ भने इंग्ल्यान्डविरुद्धको खेल पनि गुमाउने सक्ने सम्भावना छ ।

भारतका मुख्य बरल भुवनेश्वरले पाकस्तिानविरुद्ध २.४ ओभरमा मात्र बलिङ गरेका थिए । उनको ओभर विजय शंकरले पुरा गरेका थिए ।

भारतीय कप्तान विराट कोहलीले चोट नगालेको बताएका छन् । उनले भनेका छन्, ‘उनलाई बलिङ गर्न असहज भएको मात्र हो, उनी चोटमुक्त छन् । बलिङका क्रममा थोरै चिप्लिएका मात्र हुन् ।’ कोहलीले भुनवेश्वरलाई केही दिन आराम दिने बताएका छन् । कोहलीले उनी छिट्टै टिममा फर्कने विश्वास समेत व्यक्त गरेका छन् ।

यसअघि भारतले देब्रो हाते ब्याट्सम्यन शिखर धवनलाई गुमाएको थियो । उनलाई अस्ट्रेलियाविरुद्धको खेलमा औंलामा चोट लागेको थियो । चोटका बाबजुद उनले शतक बनाउँदै टिमलाई जित दिलाएका थिए । धवन २ साता मैदान बाहिर रहने बताइएको छ ।