बीआईबी कप बास्केटबल सोमबारदेखि

Read Time:1 मिनेट

बौद्ध इन्टरनेसनलल स्कुलको आयोजनामा पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टिमको सहभागिता रहने बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा १३ तथा गल्र्समा १२ टिमको सहभागी हुने छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने इसीए इन्चार्ज सुब्रत राजोपाध्यायले जानकारी गारए ।

ब्वाइजमा टीआईए तथा गल्र्समा रुपिज डिफेन्डिङ च्याम्पियन हुन् । यसपटक दुवै सहभागी छैनन् । खेलहरु अत्तरखेलस्थित आयोजकको इन्डोर बास्केटबल हलमा हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नवौं राष्ट्रिय खेलकुद : ३६ खेल, ४०७ इभेन्ट्स, ३९३ स्वर्ण
Next post बार्सिलोनाले दियो लेवान्डोस्कीलाई ९ नम्बरको जर्सी
Close