°
, May 30, 2023 in
खेलकुद विविधभलिबलसमाचार

पाल्पामा हुने राष्ट्रिय बिच भलिबलको तयारी पुरा

SHARE:

पाल्पाको रानीमहलमा हुने राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ। आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानले मंगलबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ।

वैशाख २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय टिम र आयोजक गरि १० टिमको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी, मधेश, बागमती प्रदेश, एपीएफ, आर्मी, पुलिस र सह–आयोजक पाल्पा जिल्ला भलिबल संघको टिम सहभागी हुनेछन्।

लिग र नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन बैशाख २८ गते दिउँसो १ बजे हुने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले जानकारी दिइन्। उनले बिहीबार साँझसम्म प्रतियोगितामा सहभागी हुने सम्पुर्ण टिम र अफिसियल तानसेन आइपुग्ने उल्लेख गरिन्। उनले खेलकुदमार्फत यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यमा सबैको साथको अपिल समेत गरिन्।

प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ। उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा जनसहभागीता बढाउन अन्तिम दिन वैशाख ३० गते बिहान रानीमहल दौडको समेत आयोजना गरिने भएको छ । सो दौडमा पाल्पाका स्थानीय सहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागीता रहने जनाइएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग र नेपाल भलिबल संघबाट स्वीकृतिमा आयोजित प्रतियोगिता नेपालको वीच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो।

SHARE: