भलिबल टिमकी कप्तान अरुणा र कलकार धिरेन शाक्य बिच भलिबलको सद्भावना दूत
Read Time:1 Minute
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र कलाकार धिरेन शाक्य पाल्पाको तानसेनस्थित रानीमहलमा २४ देखि २६ चैतसम्म आयोजना हुने सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको सद्भावना दूत बनेका छन्।
आयोजक सञ्जय मेमोरियल फाउन्डेसनले बिहीबार अरुणा र धिरेनलाई सद्भावना दूत नियुक्त गरेको हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाउन सफल शाही र शाक्यको सद्भावना दूतमा नियुक्तिले प्रतियोगिता सफल बनाउन सहयोग पुग्ने आयोजकले जनाएको छ ।
नेपाल भलिबल संघसँगको सहकार्यमा हुन लागेको प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेशका टिमले प्रतिस्पर्धा गर्नेछन् । बिच भलिबलको माध्यमबाट पाल्पाको रानीमहलको पर्यटन प्रवर्द्धन र विकास गर्ने उद्देश्य राखिएको आयोजक सञ्जय मेमोरियल फाउन्डेसनले जनाएको छ ।