विजय बाटा र त्रिशा जवेगु कास्यमै सीमित

Read Time:1 Minute

थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ को सेमिफाइनलमा नेपाली मुक्केबाज बिजय बाटा र त्रिशा जवेगु पराजित भएका छन् ।

महिला तर्फ ७५ केजी तौल समुहमा त्रिशा जवेगु काजिकिस्तानी एरजन गुल्सायसंग जनवरी २२ तारिखमा अंकको आधारमा र पुरुष ८६ केजी तौल समुहका नेपाली मुक्केबाज बिजय बाटा जनवरी २३ मा ईन्डोनेशियन मुक्केबाज मोसकिता माईकलसंग सेमिफाईनल खेलमा आरएसीको आधारमा पराजित भएकाछन् ।

४८ किलो तौल समुहमा भएको सेमिफाईनल खेलमा मंगोलियाका प्रतिद्वन्दि बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट ९आरएससी० को आधारमा पराजित गर्दै नेपाली मुक्केबाज सुस्मा तामाङ फाईनल प्रबेश गरेकी छिन् । तामाङले क्वाटर फाईनलमा भेतनामकी क्यूनहानलाई ५स्० अंकको आधारमा जित हासिल गरेकी थिईन् ।

नेपालले एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ मा तीन कास्य पदक जितिसकेको छ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post शारीरिक सुगठनका पदक विजेता खेलाडी सम्मानित
Next post मुड्रिक बने इपिएलका ‘फास्टेस्ट’ खेलाडी
Close