विजय थ्री स्टारमै रहने, ९ नम्बरको जर्सी लगाउने

स्ट्राइकर विजय भुजेल यो सिजन पनि थ्री स्टारबाटै सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्। कात्तिक २९ गतेबाट सुरु हुने ए डिभजिन लिगका थ्री स्टारले विजयसँग सम्झौता नवीकरण गरेको हो।

ललितपुरे क्लब थ्री स्टारले विजयसँग सम्म्झौता नवीकरण गर्र्दै उनलाई ९ नम्बरको जर्सी दिएको छ। उसले समाजिक सञ्जालमार्फत विजयसँग सम्mझौता नवीकरण गरेको उल्लेख गरेको हो।

भोजपुरका विजयले अघिल्लो सिजन पनि थ्री स्टारबाटै खेलेका थिए । तर, उनले पहिलो राजाईमा खासै अवसर भने पाएका थिएनन्।

कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, आयुष घलान, डोना थापा, मनाग्य नकर्मी लाकेन लिम्बु, राफायल बिडीएस रिम र निशान खड्कालगायतसँगको सम्झौता नवीकरण गरिसकेको छ ।