गोलरक्षक विकेश कुथु राष्ट्रिय टिमको प्रशिक्षणमा बहिस्कार गरेका छन्। १० जना सिनियर खेलाडी बन्द प्रशिक्षण छाडेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विकेसहित १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।
मुख्य प्रशिक्षकले टिममा बोलाएपछि विकेश बन्द प्रशिक्षणमा सहभागी नहुने बताएका छन्। प्रशिक्षक(खेलाडी विवादमा सिनियर खेलाडीलाई मार्का परेको भन्दै विकेशले बन्द प्रशिक्षण बहिष्कार गरेका हुन्।
विकेशले सामाजिक सञ्जालमार्फत् आफू प्रशिक्षणमा सहभागी नहुने जानाउँदै खेलाडीको जायज मागप्रति समर्थन रहेको उल्लेख गरेका छन्। साथै उनले आफू पूणै रुपमा फिट हुँदा हुँदै पनि मिडियामा बोलेको भन्दै अल्मुताइरीले टिमबाट हटाएको आरोप पनि लगाएका छन्।
‘हाल राष्ट्रिय टोलीमा भएको घटनाक्रम मलाई पूर्ण रुपमा अवगत भएको र खेलाडी साथीहरुमा पर्न गएको मर्का मैले बुझेको छु। साथै विगतमा म पूर्ण फिट हुँदाहुँदै पनि मलाई मिडियामा बोलेको भनेर आरोप लगाउँदै राष्ट्रिय टिमबाट अलग गरिएको घटना यथावत् नै छ’, उनले लेखेका छन्, ‘मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथीहरुको जायज मागप्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँछु।’