विमल घर्तिमगरले मच्छिन्द्रबाट ए डिभिजन लिग खेल्ने

Read Time:2 मिनेट

चोटका कारण १ वर्षपछि मैदान फर्किएका नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगरले डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्। कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि स्टार स्ट्राइकर विमललाई मच्छिन्द्रले अनुबन्धन गरेको हो।

मच्छिन्द्रले आइतबार एक कार्यक्रम गर्दै विमलसँग सम्झौता गरेको छ। गत पुसमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा घुँडामा चोट लागेपछि विमल मैदान बाहिर रहँदै आएका छन्। कतारमा शल्यक्रिया गरेपछि विमल १ महिनाअघिदेखि प्रशिक्षणमा फर्किएका थिए।

अल्घिल्लो सिजनको ए डिभिजन लिग पनि विमलले मच्छिन्द्रबाटै खेलेका थिए । एन्फाको प्रतिबन्धका कारण अघिल्लो सिजन लिगको अन्तिम खेल मात्र खेलेका थिए । नयाँ सिजनका लागि बिमललाई भित्र्याउन थ्री स्टारले पनि चाहेको थियो, तर उनले मच्छिन्द्र रोजेका हुन्।

मच्छिन्द्रसँग सम्झौता गरेपछि विमलले उपाधि रक्षा गर्ने मुख्य उद्देश्य रहेको बताए । उनले विगत ९ महिना कठीन अवस्थामा मेहनत गरेकाले पुनरागमन गर्दा थप जिम्मेवारी महसुस भएको पनि बताए ।

यस पटक भने विमलले शुरुवातदेखि नै खेल्दै क्लबलाई उपाधि दिलाउनका लागि सहयोग गर्ने बताएका छन् । ‘पछिल्लो पटक अन्तिम खेल मात्र खेल्न पाएको थिएँ । एक खेल खेलेरै उपाधि जितेको थिए । यो वर्ष शुरुवातमै खेल्ने प्रयास गर्नेछु । टिमलाई उपाधि जिताउनका लागि सहयोग गर्नेछु,’ उनले भने ।

मच्छिन्द्रले विमलसँगै मनिष डाँगी, सुनिल बलसँग सम्झौता गरेको छ भने अभिषेक रिजाल, रेजिन सुब्बा, विशाल राई, विशाल श्रेष्ठलगायतका पुराना खेलाडीसँग सम्झौता नवीकरण गरेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आज एल क्लासिको भीडन्त, रोनाल्डो र मेसीको स्थान लेलान् भिनिसियस र फातीले ?
Next post थ्री स्टारसँग हेमन्तले गरे दुई वर्षको सम्झौता
Close