°
, June 2, 2023 in
0

विमलको शल्यक्रिया फागुन २५मा हुने

SHARE:

उपचारका लागि कतारमा रहेका नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगरको घुँडाको शल्यक्रिया २५ फागुनमा हुने भएको छ । कतारस्थित एप्सटर अर्थोपेडिक अस्पतालमा विमलको घुँडा शल्यक्रिया हुनेछ ।

एन्फाको पहलमा विमल र विक्रम लामा उपचारका लागि कतार गएका थिए । विक्रमको अघिल्लो साता शल्यक्रिया भएको थियो ।

कोरोना भाइरस र अन्य विरामीको चापका कारण विमलको शल्यक्रियामा ढिलाई भएको एन्फाले जनाएको छ ।

राष्ट्रिम टिमको बन्द प्रशिक्षणका क्रममा १८ डिसेम्बरमा विमलको घुँडामा गम्भीर चोट लगोको थियो।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *