°
, June 4, 2023 in

विमल भन्छन्– नेपालको झण्डा अंकित जर्सी लगाएर राष्ट्रिय गान गाउने कुरा केही सँग तुलना हुँदैन

SHARE:

राष्ट्रिय टिमका स्ट्राकइर विमल घर्तिमगर अहिले चर्चामा छन् । ३ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेकै खेलमा गोल गरेपछि विमल चर्चामा आएका हुन्।

विवाद र घुँटाको चोटका कारण विमलले ३ वर्षपछि गत शनिबार मोरिससविरुद्धको खेलमा राष्ट्रिय टिममा पुनरागमन गरे। सो विमलकै निर्णायक गोलमद्दतमा नेपालले १–०ले जित्यो ।

दोस्रो मैत्रीपूर्र्ण खेलमा पनि विमल दोस्रो हाफमा मैदान प्रवेश गरेका छ। तर, सो खेलमा उनी गोल गर्न सकेनन्।

मैदानमा नेपालको झण्डा अंकित जर्सी लगाएर राष्ट्रिय गान गाउँदाको क्षण अन्य केहीसँग तुलान गर्न सकिने विमलले बताएका छन् । ‘उतार चढाव पश्चात शारिरिक र मानसिक रुपमा सबल भई मैदानमा नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षणलाई म अरूकुनै कुरासँग तुलना गर्न सक्दिन,’ बिमलले बुधबार सामाजिक सञ्जालमा खलेको छन्।

लामो समय मैदानभित्र नरहँदा पनि भावनात्मक रुपमा राष्ट्रप्रति आफ्ना साथ रहेको बताएका छन्। ‘सायद सूर्य अस्ताउने भनेकै भोलि फेरि उदाउनको लागि हो,’ उनले लेखेका छन्, ‘निकै लामो समय प्रत्यक्षरूपमा मैदानभित्र नरहँदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो सत प्रतिशत साथ रहिरह्यो ।’

साथै, विमलले टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सदैव आत्मसाथ गर्ने पनि उलेख गरेका छन्। उलने आउने दिनमा नेपालीहरूमा खुसी बाँड्न आफू सदैव तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। र, उनले अन्त्यमा लेखेकमा छन्, ‘मेरा लागि सबै र सबैको लागि म ।’

SHARE: