टेबलटेनिसको मुख्य प्रशिक्षकमा बने ढुंगेल

टेबलटेनिस प्रशिक्षक सन्जिवकुमार ढुंगेल नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले ढुंगेलललाई आइतबार मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

मुख्य प्रशिक्षक विनोद शाक्य उमेर हदका कारण अनिवार्य अवकास पाएपछि राखेपले ढुंगेललाई जिम्मेवारी दिइएको हो । ४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए ।

गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा ढुंगेल नेपाली टोलीका प्रशिक्षक मध्येका एक हुन् । १३औं सागमा नेपालले टिटीमा १ रजत ४ कांस्य पदक जितेको थियो ।

ढुंगेलले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउँदै टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाए । अखिल नेपाल टेबलटेनिस संघले ढुंगेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएको बधाइ दिँदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *