°
, June 2, 2023 in

थ्री स्टार फर्किए विराज महर्जन

SHARE:

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जन थ्री स्टार क्लबमा फर्किएका छन्। ३२ वर्षीय भेट्रान डिफेन्डर महर्जन ६ वर्षपछि थ्री स्टार फर्किएका हुन्।

आफ्ना पूर्वखेलाडी विराजलाई एक सिजनका लागि थ्री स्टारले अनुबन्धन गरेको हो। विराजले सन् २००६ देखि २०१६मा सम्म थ्री स्टारबाट खेलेका थिए। सन् २०१२–१३मा थ्री स्टारलाई लिग च्याम्पियन बनाउन विराजको भूमिका महत्वपूर्ण थियो।

सन् २०१६मा उनी मनाङमा आवद्ध भए । सन् २०१८–१९ मा विराजले आफ्नै कप्तानीमा मनाङ लिग च्याम्पियन बनाएका थिए। त्यसपछि उनले सन् २०१९–२०को सिजन मछिन्द्रबाट खेल, लिग च्याम्पियन बने। उनी फरक तीन क्लबबाट लिग जित्ने एक्ला खेलाडी हुन्। त्यसपछि अघिल्लो सिजन उनी मछिन्द्र छाड्दै च्यालसमा आबद्ध भएका थिए।

विराजले सन् २००८ देखि २०२१ सम्म राष्ट्रिय टिमबाट ७४ खेल खेलेका थिए। राष्ट्रिय टिमबाट उनले साेलिडारिटी कप, बंगबन्धु गाेल्डकप र थ्री नेसन्स कप उपाधि जितेका छन्।

विराजले थ्री स्टारबाटै केपी ओली कप खेलेका छन्। थ्री स्टार केपी ओली कप केपी एफसीको नामबाट खेलिरहेको छ।

SHARE: