विराट गोल्डकपमा विराटनगर विजयी

Read Time:1 Minute

आयोजक विराटनगर–११ छैटौं संस्करणको विराट गोल्डकपको समिफाइनलमा प्रवेश गरेको छ। विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगितामा भारतको सिलिगुडी युनाइटेड फुटबल क्लबलाई ३–० ले हराउँदै विराटनगर–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

विराटनगरको जितका लागि सुनिल खड्काले दुई र प्रकाश बुढाथोकीले एक गोल गरे । जितसँगै विराटनगरले चैत ३० गते हुने सशस्त्र प्रहरी बल, काठमाडौं र नेपाल प्रहरी काठमाडौंको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको २५ औं मिनेटमा सुनिल खड्काले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । प्रकाश बुढाथोकीले निकालेको क्रस पासलाई सुनिलले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो।

खेलको पहिलो हाफमा विराटगरले सिलिगुडीलाई दबाबमा राखे पनि थप गोल हुन सकेन । खेलको ८६ औं मिनेटमा विराटनगरका लागि प्रकाश बुढाथोकीले गरे । त्यसको दुई मिनेटपछि नै सुनिलले अर्को एक गोल थपे ।

रात्रीकालिन फुटबल प्रतियोगिताको आइतबारको दोस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र क्लब काठमाडौं र भारतको पन्जाव पुलिसबीच प्रतिस्पर्धा हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सिटी घरेलु मैदानमै पराजित
Next post एनएसएलका लागि ललितपुरले भित्र्यायो क्रोएसियन खेलाडी
Close