विराटनगरस्थित शहिद रंगशालामा जारी विराट गोल्डकपमा संकटा क्लब सेमिफाइनलमै पराजित भएको छ।
बिहीबार साँझ भएको सेमिफाइनलमा संकटा क्लब भारतको पञ्जाब पुलिससँग १–०ले पराजित भयो। पंजावले उपाधिको लागि शनिबार विभागीय टिम एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो पटक गोल्डकपमा भाग लिएको पाहुना टोली पंजावले खेलको ७५औं मिनेटमा पराजित सिंहले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पुर्याएका हुन् । हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई परमजीतले पेलान्टि एरिया नजिकदेखि गरेको प्रहार गोलमा परिणत भयो ।
दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले । खेलको ७औं मिनेटमा संकटाका तीर्थ बस्नेतलले बललाई एक्दै अगाडि बढाएर पेलान्टी एरिया नजिकदेखि गरेको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो ।
पहिलो हाफममा संकटाका खेलाडीले आधा दर्जन उत्कृष्ट प्रहार गोलमा परिणत हुन नसक्दा सेमिफाइनलदेखि बाहिरनुपर्यो ।