°
, June 2, 2023 in

विराट गोल्डकपमा एपिएफले भुट्निज क्लबलाई हरायो

SHARE:

विराट गोल्डकपमा डिफेन्डिङ च्याम्पियन एपिएफ क्लब विजयी भएको छ। विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन एपिएफले भुटानको ड्रुक लुयल एफसीलाई २–१ले हरायो ।

निर्धारित समयसम्म एक–एक गोलको बराबरीमा रहेको खेलमा एपिएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गर्दै २–१को जित निकाल्यो ।

एपीएफको जितमा सविन थापा र अरमान्द्र वेडमले गोल गरेका थिए । भुटानको तर्फबाट सान्त्वना गोल फोफोना इब्रहीम फर्काएका थिए ।

जितसँगै एपीएफले आइतबार अन्तिम क्वाटरफाइनल भारतको लुका सकर र ए डिभिजन टिम संकटा क्बल बीचको विजेता टिमसँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले २० लाख १५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

SHARE: