एपिएफ विराट गोल्डकपको फाइनलमा

Read Time:2 Minute

विभागीय टिम एपिएफ विराट गोल्डकपको फाइनलमा पुगेको छ । बुधबार साँझ शहिद रंगशालामा भएको खेलमा घरेलु टोली विराटनगर–११ माथि ३–२ गोलको संघर्षपूर्ण जित निकाल्दै एपीएफ छैटौं विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको हो।

निर्धारित ९० मिनेटमा दुवै टिमले २–२ को बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेट थपियो । एपीफएका मणि लामाले खेलको ११८ औं मिनेटमा गोल गर्दै उपाधि यात्रा पक्का गरे ।

एपीएफले संकटा र पन्जाब पुलिसबीच बिहीबार हुने खेलको उपाधिका लागि खेल्ने छ।

दुवैले आक्रामक खेल पस्किँदाा एपीएफले २६औं मिनेटमा सनी श्रेष्ठको गोलमार्फत अग्रता लियो । श्याम नेपालीको प्रहार विराटनगरका गोलकिपर किशोर गिरीले पन्च गरेर फर्काउँदा सनीले उत्कृष्ट भलीमा गोल गरे ।

मध्यान्तरसम्म एक गोलले पछि परेको विराटनगर ५३ औं मिनेटमा गोल गर्दै खेलमा फर्कियो । स्टेफन सामिङले प्रकाश बुढाथोकीको क्रसमा गोल गरी १–१ को बराबरीमा ल्याए । अग्रता गुमाएसँगै थप आक्रामक देखिएको एपीएफले ६७ औं मिनेटमा रवि थिङले गोल गरी पुनः अग्रता दिलाए । उनले श्याम नेपालीको पास सदुपयोग गरेका हुन् ।

एपीएफले त्यो अग्रता दुई मिनेट पनि जोगाउन नसक्दा खेल अतिरिक्त समयतर्फ धकेलिएको हो । विराटनगरका प्रकाश बुढाथोकीले ६९ औं मिनेटमा ३५ यार्डवाट गरेको प्रहार पोस्टको सेकेन्डबार च्याप्दै गोलमा परिणत हुँदा एपीएफका गोलकिपर राजु नगरकोटी प्रतिक्रियाविहीन भए ।

प्रकाशको यो व्यक्तिगत चौथो गोल हो । उनले सिक्किमविरुद्ध दुई र सिलिगुढीविरुद्ध एक गोल गरेका थिए । प्रकाशले ८३ औं मिनेटमा ३० यार्डबाट गरेको सशक्त प्रहार बारमा लागेर फर्कनु विराटनगरको दुर्भाग्य बन्यो । मणि लामाले म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ हात पारे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लिभरपुललाई रोक्दै रियल सेमिफाइनलमा, चेल्सीसँग खेल्ने
Next post किरण धनगढीका आइकोनिक खेलाडी
Close