विराट गोल्डकपमा पनि मच्छिन्द्र पहिलो खेलमै पराजित

Read Time:1 Minute

ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब विराट गोल्डकपमा पनि पहिलो खेलमै पराजित भएको छ। यसअघि पोखराम भएको आहा रारा गोल्डकपमा पनि मच्छिन्द्र पहिलो खेलमै पराजित भएको थियो ।

आइतबार साँझ शहिद रंगशालामा भएको खेलमा मच्छिन्द्र भारतको पन्जाब पुलिस क्लबसँग २–०ले पराजित भयो।

खेल सुरू भएको ३९ औं मिनेटमा पन्जाबले राजवीर सिंहको गोलबाट अग्रता लिएको थियो । जगदीप सिंहले दिएको क्रस पासलाई राजवीरले वान टचमै गोल गरे । दोस्रो हाफको ८३ औं मिनेटमा महावीर सिंहले गोल दोब्बर बनाए ।

मच्छिन्द्रले गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । खेलको २० औं मिनेटमा मच्छिन्द्रका उमेश राईले पेनाल्टी एरिया नजिकैबाट वान भर्सेस वानमा गरेको प्रहार भारतका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरे । खेलको ५४ औं मिनेटमा पनि मच्छिन्द्रका निशान्त लिम्बुले पेनाल्टी बक्सबाट गरेको प्रहार खेर गयो ।

सोमबारको खेल दुई विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post टोटनह्यामविरुद्ध युनाइटेडको पुनरागमन जित
Next post नेपाली क्रिकेट टिमको जर्सीलाई आईएनजी ग्रुपको प्रायोजन
Close