काठमाडौंलाई हराउँदै विराटनगर प्लेअफमा, काडमाडौंको पनि सम्भावना कायमै

Read Time:2 Minute

विराटनगर सुपर किंग्स नेपाल टि–२० लिगको प्लेअफमा पुगेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको लिगको अन्तिम खेलमा काठमाडौं नाइट्समाथि ७ विकेटको जित निकाल्दै विराटनगर प्लेअफमा पुगेको हो।

यो जितसँगै विराटनगर १० खेलमा ५ जितसहित १० अंक जोड्दै तेस्रो भयो । अब उसले चौथो हुँदै प्लेअफमा पुग्ने पोखरा एभेन्जर्स या काठमाडौंसँग एलिमिनेटर खेल्ने छ।

विराटनगरसँग पराजित भएपनि काठमाडौंको प्लेअफ पुग्ने सम्भावना बाँकी नै छ। लिगको अन्तिम खेलमा फार वेस्ट युनाइटेडविरुद्ध पोखरा पराजित भए वा झिनो अन्तरको जित निकाले रनरेटका आधारमा काठमाडौंमा प्लेअफ पुग्ने छन्।

प्रतियोगितामा यसअघि नै लुम्बिनी अल स्टार पहिलो र जनकपुर रोयल्स दोस्रो हुँदै क्वालिफायरमा पुगेका छन्।

पहिला ब्याटिङ गर्दै काठमाडौंले दिएको १५५ रनको मध्यम लक्ष्यको विरानटनगरले १८.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । उसका लागि कप्तान रोहिकुमार पौडेल र गोरांशु शर्माले अर्धशतकीय योगदान दिए।

रोहितले ४२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाए भने गौरांशुले ४९ बलमा ४ चौका प्रहार गर्दै ५१ रन बनाए। यस्तै, हुसैन टलटले १२ बलमा २१ रन बनाउँदा विवेक यादवले २ बलमा १० रन बनाए।

काठमाडौंका अविनाश बोहराले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनायो । उसका लागि एलेक्स ब्लाक र सन्तोष कार्कीले समान ३४ रन बनाए। ब्लाकले २६ बलमा समान २ चौका र छक्का प्रहार गरे भने सन्तोषले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

यस्तै, सन्दीप रजालीले २४ बलमा ३० रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा २२ रन बनाए । बसिर अहमदले १७ रन बनाए।

विराटनगरका लागि राज नन्ननले ३ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिए भने नन्दन यादव र रोहित पौडेलले समान १ विकेट लिए।

Happy
Happy
60 %
Sad
Sad
0 %
Excited
Excited
20 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
20 %
Previous post आहा–रारा पोखरा गोल्डकपको फाइनल आज, संकटा र भुटानिज क्लब भिड्दै
Next post फ्रेन्च पत्रकार भन्छन्– डेसच्याम्प बेन्जिमालाई विश्वकपमा देख्न चाहँदैनथे
Close