बुटबल लुम्बिनीविरुद्ध विराटनगर उत्कृष्ट प्रदर्शन, दुई पटकपछि परेको अवस्थामा खेल २–२को बराबरीमा

दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा बुटबल लुम्बिनी एफसीविरुद्ध वराटनगर एफसीले उत्कृष्ट प्रदर्शन गरेको छ। शनिबारको खेलमा २ पटक पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै विराटनगरले बुटबल लुम्बिनीलाई २–२ गोलको बराबरीमा रोक्यो।

खेलमा विराटनगरका लागि विराटनगरका पेड्रो मान्जी र सन्तोष तामाङले गोल गरे भने बुटवलका ओमोलाजा नुरिन करिम र लक्ष्मण रुचालले गोल गरेका थिए। खेलमा दुवै हाफमा दुवै टिमले समान १ गोल गरेका थिए।

खेलमा अग्रता बुटबलले लियो । छैटौं मिनेटमा नुरिन करिमले गोल गरेका थिए । उनले कर्नरबाट आएको बलमा विराटनगरका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए।

४२औं मिनेटमा पेड्रो मान्जीले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । उनले एडिलाजा सोमिडेको पासमा गोल गरेका थिए।

६८ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २–१ को अग्रता दिलाए । विलियमको क्रसमा अनमार्क रहेका लक्ष्मणले भलीमा सहज गोल गरे । तर, इन्जुरी समयमा सन्तोष तामाङले फ्रिकिकमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । डिबक्सभित्र ड्रप भएर आएको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले ठम्याउन नसक्दा गोल भएको थियो ।

यस बराबरीसँगै बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमायो । ३ खेलमा ५ अंक जोडेको बुटबल दोस्रो स्थानमा छ भने ४ अंक जोडेको विराटनगर तेस्रो स्थानमा उक्लिएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.