फार वेस्ट युनाइटेड नेपाल टि–२० लिगबाट बाहिरिने पहिलो टिम बनेको छ। शुक्रबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा विराटनगर सुपर किंग्ससँग ३ रनले पराजित भएपछि फार वेस्ट युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ।
यता, फार वेस्टलाई हराएसँगै विराटनगरको प्लेअफ सम्भावना भने कायमै छ। अब उसले अन्तिम खेलमा काठमाडौं नाइट्सलाई हराउन सके विराटनगर प्लेअफ पुग्ने छ। भोलि नै हुने अर्को खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट भिड्ने छन्।
विराटनगरले दिएको १४८ रनको लक्ष्य पछ्याएको फारवेष्ट युनाइटेडले ९ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो । उसका लागि हस्मतुल्लाह शाहिदीले सर्वाधिक ५८ रन बनाए । उनले ४६ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।
यस्तै, उमर अलीले १२ बलमा २३ रन बनाउँदा विनोद भण्डारी र नूर अहमदले समान १० रन मात्र बनाउन सके। विराटनगरका राज नन्ननले सर्वाधिक ३ विकेट लिए भने सूर्य तामाङले २ विकेट लिए ।
त्यसअघि, कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको विराटनगरका लागि हुसेन तलातको अर्धशतक मद्दतमा विराटनगरले ६ विकेट गुमाउँदै १४७ रन बनायो । उयसका लागि तलतले २९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए ।
यस्तै, विवेक यादव ३५ रन बनाउँदा अर्जुन साउद २२ र कप्तान २१ रन बनाए । फार वेष्टका लागि उमर अलीले २ तथा करण केसी र दुर्गेश थापाले समान १–१ विकेट लिए ।