
बंगलादेशमा विश्वरामले दिलाए नेपाललाई पदक
नेपाली धावनक विश्वराम कुँवरले बंगलादेशमा नेपाललाई पदक दिलाएका छन्। उनले बंगलादेशमा जारी ५औं आमन्त्रित बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा रजत पदक जितेका हुन् ।
उनले १५ सय मिटर दौडमा ४ मिनेट ३०.१५ सेकेण्डको समय निकाल्दै रजत जिते।
यस अघि मंगलबार नेपालकी सीमा श्रेष्ठले कास्य पदक जितेकी थिइन्। महिला हाइजम्पमा सीमाले १.३२ मिटर उचाई जम्प गर्दै कास्य पदक जितेका हुन् ।
प्रतियोगितामा नेपालका ७ जना यू–१७ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालका ४ पुरुष र ३ महिला खेलाडीले सहभागिता जनाएको एथलेटिक्स परिवार नेपालले जनाएको छ ।