बीएनए बास्केटबलमा ३८ टिम सहभागी हुने

Read Time:1 मिनेट

पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुने हुने भएको छ । बसुन्धारा नेसनल एकेडेमी (बीएनए)को आयोजनामा हुने प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्र्समा गरी जम्मा ३८ टिमको सहभागिता रहने छ।

सिनियर ब्वाइइजमा १९, जुनियर ब्वाइजमा १२ तथा गर्ल्समा ७ टिम सहभागी हुने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले जानकारी दिए। लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेल बसुन्धारामा हुनेछ ।

प्रिन्सिपल चापागाईंले कोभिड– १९ का कारण विद्यालय खेलकुद न्युन मात्रमा भइरहेको अवस्थामा यो प्रतियोगिताले विद्यालयमा अध्ययनरत बास्केटबल खेलाडीलाई चलायमान बनाउन केही हदसम्म सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गरे।

प्रतियोगिता सञ्चालनका लागि करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको फाइनल असार १ गते हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कुशल र आसिफ दुवै घाइते, खकुरेललाई टिममा बोलाइयो
Next post माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता
Close