जर्मन बुन्डेसलिगा अन्तर्गत शुक्रबार राति भएको रोमाञ्चक खेलमा बोरुसिया डर्टमन्ड विजयी भएको छ। खेलको दोस्रो हाफको इन्जुरी समयमा एर्लिङ हालान्डले निर्णायक गोल गरेपछि डर्टमन्डले होफेनहिममाथि ३–२को जित निकाल्यो।
निकै प्रतिस्पर्धात्मक खेलमा डटर्मन्डका लागि जिओभानी रेयन, जुडे बेलिङ्घम र हालान्डले गोल गर्दा होफेनहिमका क्रिस्टोफ बाउम्गर्टनर र माउन्स डब्बरले गोल गरेका थिए।
खेलको पहिलो बराबरीमा सकिँदा पाँचै गोल दोस्रो हाफमा सम्भव भएको थियो । रेयनले ४९औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई सुरुआती अग्रता दिालए । ६१औं मिनेटमा होफनहिमले खेललाई बराबरीमा ल्यायो । उसका बाउम्गर्टनरले गोल गरेका थिए।
खेला बराबरीमा आएको ८ मिनेटपछि नै डर्टमन्डले पुनः अग्रता लियो। यो पटक उसका युवा स्ट्राइकर बेलिङमले गोल गरेका थिए। उनले ६९औं मिनेटमा गोल गरेका थिए।
त्यसपछि खेलको अन्तिम मिनेटमा होफनहिमले खेललाई पुनः बराबरीमा ल्यायो। ९०औं मिनेटमा डब्बरले गोल गरेका थिए। तर, उसको बराबरी १ मिनेटभन्दा बढी टिक्न सकेन । इन्जुरी समयको पहिलो मिनेटमा हालान्डले गोल गर्दै डर्टमन्डलाई जित दिलाए।