क्यानको गोलमा डर्टमन्ड विजयी

जमर्न मिडफिल्ड इम्रे क्यानले निर्णायक गोल गरेपछि बोरुसिया डर्टमन्डले बुन्डेस लिगामा साँघुरो जित हात पारेको छ । शनिबार राति भएको खेलमा क्यानको गोल मद्दतमा डर्टमन्डले हर्थ बर्लिनविरुद्ध १–०को जित निकालेको हो ।

घरेलु मैदानमा डर्टमन्डलाई बर्लिनले पहिलो हाफमा गोलरहित बराबरीमा रोको थियो । तर, दोस्रो सुरु भएको ८ मिनेट नबत्दिै डर्टमन्डले गोल गर्‍यो । ५८औं मिनेमा क्यानले गोल गरेका थिए । उनले जुलियन ब्रानटडको पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए ।

त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा डर्टमन्ड १–०ले विजयी भयो । खेलमा डर्टमन्डले ५९ प्रतिशत बल पोजेसन बनाउनँद बर्लिनको पोस्टमा १२ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो । यता, बर्लिनले ६ सट प्रहार गर्दा २ सट फ्रेममा थियो ।

बुन्डेस लिगामा ७० अंकका साथ बायर्न शीर्ष स्थानमा छ भने ६३ अंक जोडेको डर्टमन्ड दोस्रो स्थानमा छ । यस्तै, ५९ अंकका साथ लेइपजिग तेस्रो स्थानमा छ भने समान ५६ अंक जोडेका मोन्चेनग्लाबाचा र लेभरकुसन क्रमशः चौथो र पाचौं स्थाना छन् । बर्लिन ३८ अंकसहित लिगको नवौं स्थानमा छ ।