थाइल्यान्डको बैंककमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन्।
महिला ४८ केजीतौलसमूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५–० अंकको आधारमा जितिन् भने ५७ केजी तौलसमूहमा हेमा राईले सिंगापुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउण्डमा जित हासिल गरिन्।
पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चर संग जनवरी २० तारिखमा क्वाटरफाइनल खेल खेल्नेछन् । ५७ केजीमा नेपालका इन्द्रबहादुर सुनारले प्रिक्वाटरफाइनलमा लाओसका खेलाडीसंग ५–० अंकको आधारमा जित हासिल गर्दै क्वाटर फाईनल प्रवेश गरेका छन् । उनले क्वाटरफाइनलमा मङ्गोलियाका गन्तुमार लुन्डासँग भिड्ने छन्।
नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी)ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । उनीहरुले क्रमशः इन्डोनेसियाका मोसकिता माईकल र काजिकिस्तानका एरजन गुल्सायसँग खेल्ने छन् ।