अन्जनी र मिनु आईबिए वुमन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा छनौट

Read Time:1 Minute

भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सञ्चालन हुन गइरहेको ईबा वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिप २०२३मा अन्जनी तेली (बक्समाण्डु) र मिनु गुरुङ (टिएसी) छनौट भएका छन्।

मंगलबार भएको ५२ केजी तौल समुहको फाईन लखेलमा अन्जनी तेलीले टिएसीका वर्षा श्रेष्ठ लाई ५ः० आधारको आधारमा र मिनु गुरुङले एपीएफका शर्मिला तामाङलाई ५ः० अंकको आधारमा जित हासिल गरेका छन्।

सातदोबाटो स्थित बक्सिङ कभर्डहलमा नेपाल बक्सिङ संघले संचालन गरेको उक्त छनौट खेलमा ५० केजी तौल समुहको क्वाटरफाइनल खेलहरुमा रमिसा श्रेष्ठ (आरडिएस) र आरति बम्जन (टिएसी) ले क्रमशः एनपिसीका रिता धरला र झापाका तेजिमाया गुरुङलाई ४ः१ र ५ः० अंकको आधारमा जित हासिल गर्दै सेमिफाइनल प्रवेश गरेका छन्।

सेमिफाइनल ५७ केजी तौल समुहमा झापाका खेलाडी शुस्मिता राईले एनपिसिका निशा तामाङलाई ३ः२ अंकाको आधारमा जित हासिल गर्दै फाईनल प्रवेश गरेकी छिन्।

त्यसैगरी ७५ केजी तौल समुहमा एपिएफका खेलाडी सरस्वती राना मगरले टिएसीका खेलाडी अनुपा चौधरीलाई एबिडीको आधारमा जित हासिल गर्दै फाईनल प्रबेश गरेकी छिन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सार्वजनिक संस्थान खेलकुद : फुटसलमा राष्ट्रिय वाणिज्य बैंक क्वाटरफाइनलमा
Next post भूकम्पमा परी टर्किस गोलकिपर तुकास्लानको मृत्यु
Close