विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी संगीता र सरस्वती पराजित

Read Time:1 Minute

भारतको राजधानी नयाँ दिल्लीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपाली बक्सर संगीता सुनार र सरस्वती राना पराजित भएका छन्।

शुक्रबार राति भएको खेलमा ७० केजी तौल समूहमा नेपाली खेलाडी सरस्वती राना सर्वियाका खेलाडी निकोलिना गाजिकसँग अंकको आधारमा पराजित भइन । त्यसअघि भएको ६० केजी तौल समूहमा नेपाली खेलाडी संगीता सुनार अष्ट्रेलियन खेलाडी स्कानलन डानियालीसँग स्पिलिट डिसिजनको आधारमा पराजित भइन्।

दुवै खेलमा नेपाली खेलाडीद्वयले तीन वटा राउण्डसम्म रिङ्गमा प्रतिष्पर्धात्मक पन्च प्रहार गरे पनि जीतको लागि पर्याप्त हुन सकेन।

आज एसियन युथ बक्सिङमा ऐतिहासिक रजत जितेकी युवा बक्सर सुष्मा तामाङले ४८ केजी तौल समूहमा विश्वको दोस्रो वरीयताकी खेलाडी बुल्गेरियाकी असिनोभा सेम्डा युलियानोभा शनिबार प्रतिस्पर्धा गर्नेछिन्।

आजै नेपालकी मिनु गुरुङ्गले ५४ केजी तौल समूहमा थाइलयाण्का खेलाडी जिपोङ्ग जुतामाससँग खेल्नेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post युरोकप छनोटका लागि रोनाल्डोसहितको पोर्चुगिज टिम घोषणा
Next post दीपेन्द्र र भीमलाई सुदूरपश्चिम सरकारले २ लाखसहित सम्मान गर्ने
Close