गणेमान सिंह बक्सिङ आजदेखि

Read Time:2 मिनेट

नेता गणेशमान सिंह स्मृतिमा राष्ट्रिय बक्सिङ प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने छ ।

प्रतियोगिता काठमाडौंको बसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए । ‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । सातै प्रदेशका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक काठमाडौं आइसकेका छन्’, उनले भने ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४—५७, ६०, ६४—६९, ६९—७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा प्रदेश १ बाट सात पुरुष/चार महिला, मधेश प्रदेशबाट सात पुरुषरपाँच महिला, बागमती प्रदेशबाट सात पुरुष/तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यसैगरी गण्डकी प्रदेशबाट सात पुरुषरतीन महिला, लुम्बिनी प्रदेशबाट ६ पुरुषरचार महिला, कर्णाली प्रदेशबाट ६ पुरुष/४ महिला सहभागी हुने छन् ।

यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट सात पुरुषरपाँच महिला, एपीएफबाट सात पुरुषर५ महिला र नेपाल पुलिस क्लबाट चार पुरुषर२ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी १०२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एनएसएल सेप्टेम्बर–अक्टोबरमा गर्ने प्रस्ताव
Next post कतार विश्वकपको बल सगरमाथामा
Close