थाइल्यान्डमा बक्सिङमा नेपालका दुई पदक पक्का

थाइल्यान्डमा जारी एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालले दुई पदक जित्ने पक्का भएको छ।

बैंककमा भइरहेको प्रतियोगितामा महिलातर्फ त्रिसा जवेगुले मिडल वेट ७५ किलो तौल समूह र पुरुषतर्फ विजय बाटाले क्रुजर वेट ८६ किलो तौल समूहमा नेपाललाई उपाधि दिलाउने पक्का भएको हो ।

उनीहरु दुवै बाई पाएर अघिल्लो चरण प्रवेश गरेसँगै कास्य पदक पक्का गरेका हुन् ।

विजयले सेमिफाइनलमा भारतीय खेलाडी मुस्किता माईखेलसँग प्रतिष्पर्धा गर्ने छन् भने त्रिसाले काजकिस्तानका येरजहान गुलसायासँग खेल्ने छिन्।

त्यसैगरी अर्का खेलाडी हेमा राईले महिला ५७ किलो तौल समूहमा क्वाटरफाइनलमा सिंगापुरका खेलाडी चाव जी मिन बेरनिससँग प्रतिष्पर्धा गर्ने छिन् भने महिला ४८ किलो तौल समूहमा सुस्मा तामाङले भियतनामी खेलाडी फाम थि किनहानसँग खेल्ने िछन्।